Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
बुधबार, १० असार २०८३
समाचार

गरिमा विकास बैंकको साधारणसभा सम्पन्न, १०.५३ प्रतिशत लाभांश प्रस्ताव पारित


Manaslu Infotech Manaslu Infotech

शुक्रबार, २८ कात्तिक २०८२

26 Shares

पोखरा / गरिमा विकास बैंक लिमिटेडको उन्नाइसौँ वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ । कास्कीको पोखरा महानगरपालिकास्थित होटल पोखरा ग्राण्डमा आयोजित उक्त सभा लाभांश प्रस्ताव पारित गर्दै सम्पन्न भएको हो ।

साधारणसभाले बैंकका सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर र ४.५३ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

सभामा बैंकको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण, इक्विटी परिवर्तन विवरण लगायतका अनुसूचिहरू अनुमोदन गरिएको छ। 

साथै, आर्थिक वर्ष २०८२/८३ का लागि नयाँ लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारि गरिएको छ।

साधारणसभाले विशेष प्रस्ताव अन्तर्गत बैंकको अधिकृत पूँजी वृद्धि गरी ६ अर्ब १० करोड रुपैयाँ पुर्‍याउने निर्णय गरेको छ। 

साथै, बैंकको केन्द्रीय कार्यालय हाल लाजिम्पाटबाट आफ्नै भवन बालुवाटारमा स्थानान्तरण गर्ने, छाप र लोगो परिवर्तन गर्ने, र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्तावहरू पनि सर्वसम्मतिले पारित गरिएको छ।

हाल बैंकको चुक्ता पुँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रुपैयाँ ५७ पैसा रहेको छ। 

यस साधारणसभाबाट पारित ६ प्रतिशत बोनस शेयर वितरणपछि बैंकको जारी तथा चुक्ता पुँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३ सय ६७ रुपैयाँ २२ पैसा पुग्नेछ।

गरिमा विकास बैंकले देशभरका १२६ शाखा कार्यालय र ५१ एटिएम मार्फत सेवा विस्तार गरेको छ। 

बैंकले नविनतम् डिजिटल बैंकिङ प्रणाली अपनाउँदै ग्राहकलाई सरल, सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्दै आएको जनाएको छ।

प्रतिक्रिया