Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
बुधबार, १० असार २०८३
पालिका

दूतावासले भन्योः पोर्चुगलमा कामदार भिसा बन्द भइसक्यो


Manaslu Infotech Manaslu Infotech

शुक्रबार, २८ कात्तिक २०८२

26 Shares

काठमाडौं- पोर्चुगलस्थित नेपाली राजदूतावासले कामदार भिसामा रोजगारीको प्रलोभन देखाएर हुन सक्ने ठगीबाट जोगिन आग्रह गरेको छ।

लिस्बनस्थित दूतावासले बुधबार एक प्रेस विज्ञप्तिमार्फत पोर्चुगल सरकारले २३ अक्टोबर २०२५ देखि लागु हुने गरी ‘उच्च दक्ष’ कामदारबाहेक अन्य सबै प्रकारका कामदार भिसा जारी गर्न बन्द गरेको स्मरण गराएको छ।


तर, पनि पोर्चुगलमा काम लगाइदिने प्रलोभनमा देखाएर ठगी गर्ने प्रयास भइरहेको बुझिएको दूतावासले जनाएको छ।

‘यस्ता गतिविधिमा कोही नलाग्न तथा कसैको बहकाउमा लागेर ठगिनबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउनु हुन समेत सम्बन्धित सबैमा अनुरोध गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया