Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
बुधबार, १० असार २०८३
खेल

अन्तिम मिनेटमा अनन्तले गोल गर्दा बंगलादेशसँग हारबाट जोगियो नेपाल


Manaslu Infotech Manaslu Infotech

शुक्रबार, २८ कात्तिक २०८२

26 Shares

काठमाडौँ- ९० मिनेटपछि थपिएको अतिरिक्त समयमा डिफेन्डर अनन्त तामाङले गोल गदौ नेपाल बंगलादेशसँग हारबाट जोगिएको छ।

बंगलादेशको ढाकास्थित ढाका नेशनल स्टेडियममा भएको खेल २–२ को बराबरीमा सकिएको हो।


नेपालका लागि डिफेन्डर रोहित चन्द र अनन्त तामाङले एक–एक गोल गरे। बंगलादेशका लागि दुई गोल हाम्जा चौधरीले गरे।

खेलको पहिलो हाफमा १–० ले अग्रता बनाएको नेपालले दोस्रो हाफमा २ गोल खान पुग्यो। इन्ज्युरी समयमा अनन्तले एक गोल थपे।


पहिलो हाफको २९ औँ मिनेटमा नेपालका डिफेन्डर रोहित चन्दले बललाई उत्कृष्ट फिनिसिङ गर्दै पोष्टको जाली चुमाएका थिए। राष्ट्रिय टोलीबाट रोहितको यो दोस्रो अन्तराष्ट्रिय गोल हो।

दोस्रो हाफमा पाँच मिनेटको अन्तरमा नै बंगलादेशले २ गोल फर्काएको थियो।
दोस्रो हाफको पहिलो मिनेटमा नै हाम्जा चौधरीको गोलमा घरेलु टोली खेलमा फर्किएको थियो।

खेलको ४९ औँ मिनेटमा नेपालका सुमन श्रेष्ठले डिबक्स भित्र बंगलादेशका खेलाडीलाई लडाएपछि रेफ्रिले घरेलु टोलीलाई पेनाल्टीको मौका दिएका थिए।

जुन अवसरलाई हाम्जाले खेर जान दिएनन् र गोल गर्दै घरेलु टोलीलाई नेपालविरुद्ध अग्रता दिलाए।

तर खेलको इन्ज्युरी समयमा डिफेन्डर अनन्तले गोल गर्दै नेपाललाई हारबाट जोगाए। नेपाली टोली अब एसियन कप छनोटका लागि उतैबाट बंगलादेश जानेछ।

प्रतिक्रिया